तपाईँ सुन्दै हुनुहुन्छः

तीनजुरे, मिल्के र जलजले क्षेत्रमा लालीगुराँस फुलेर वन राताम्मे (फोटो फिचर)

तेह्रथुम । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको तीनजुरे, मिल्के र जलजले क्षेत्रमा लालीगुराँस फुलेर वन राताम्मे भएको छ ।  

त्यस क्षेत्रमा लालीगुराँस फुलेर वन राताम्मे भएपछि पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । गुराँस हेर्नका लागि तेह्रथुमको वसन्तपुर, आर आर गर्डेन, पाँचपोखरी, मङ्गलवारे, चौकी र गुफा बजारमा पर्यटकको घुइँचो लाग्न थालेको पाँचपोखरी निवासी उमेश बुढाथोकीले बताउनुभयो । साँच्चै, यतिबेला जङ्गलहरू लालीगुँरास फुलेर राताम्मे भएका छन्, जसले पर्यटकहरूलाई मोहित पारिरहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button