तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति मृगस्थलीमा वृक्ष रोपण 

काठमाडौँ । पशुपतिनाथ मन्दिर नजिकको मृगस्थलीमा वृक्ष रोपण गरिएको छ ।

अाज बिहान ‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौँ’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा कलाकारले वृक्ष रोपण गरेका हुन् ।

सो अभियानमा फिल्म निर्देशक लक्ष्मण सुवेदी, दीपाश्री निरौला, केकी अधिकारी, मलिका महत गायक युवराज चौलागाईं लगायतले वृक्ष रोपण गर्नुभएको थियो ।

अभियानका संयोजक गोविन्द चौलागाईंले कलाकारमार्फत वातावरण संरक्षणको सन्देश दिनु र जन्मदिनलाई सत्कर्मसँग जोड्ने उद्देश्यले वृक्ष रोपण आयोजना गरिएको बताउनुभयो । 

उक्त कार्यक्रममा रेडियो नेपालका सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव पार्वती शर्मा, काठमाडौँ जिल्ला प्रमुख अधिकारी (सिडिओ) जितेन्द्र बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी लगायतको उपस्थिति रहेको थियो । यसअघि उक्त अभियानले रौतहटसहित पूर्वका जिल्लामा वृक्ष रोपण अभियान सञ्चालन गरिसकेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button