माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर–६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।
शुक्रबार दिउँसो बल्छीबाट माछा मार्न भनि बाडिगाड खोलामा गएको मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्