तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली नदिमा दुई बालिका बेपत्ता

बाजुरा । बाजुरामा नुहाउने क्रममा नदिमा बगेर दुई बालिका बेपत्ता भएकी छन्। । बेपत्ता हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ बस्केना गाउँका नन्दबहादुर शाहकी १५ वर्षीया छोरी सोबिना शाह र सोही ठाउँ बस्ने भुपेन्द्र शाहकी १३ बर्षिया छोरी सन्जु कुमारी शाही रहेकी छन्।

बिहीबार दिउँसो बस्केना गाउँ नजिकै रहेको नुने पानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा दुवै जना बालिका बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बेपत्ता दुवै बालिकाको प्रहरी चौकी कुन्नाको प्रहरी टोली द्वारा खोजतलास भइरहेको भए पनि हाल सम्म कुनै प्रमाण फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरिले बताउनु भयो।

प्रहरी प्रमुख गिरिका अनुसार बेपत्ता दुई बालिका सहितपाँच जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्धार गरिएको साथै नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरूको अहिले सम्म पनि खोजी कार्यका साथै घटना बारे थप आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button