तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिबाट धर्म अलग हुन सक्दैन : राप्रपा अध्यक्ष लिङ्देन

सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिबाट धर्म अलग हुन नसक्ने बताउनुभएको छ ।

वराहक्षेत्र नगरपालिका–१ प्राचीन हरिद्वार चतराधाममा जारी एक महिने बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पुग्नुभएका लिङ्देनले राजनीति र धर्मलाई सँगै लैजान सके मात्रै राजनीति सही बाटोमा हुने बताउनुभयो ।

उहाँलाई कुम्भ मेलका सर्जक तथा बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मुल समारोह समितिका अध्यक्ष वाल सन्त मोहन शरण देवाचार्यश्री, नगर उप– प्रमुख तथा समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार लगायतले नागरिक अभिनन्दन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button