तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ ।

आज मंगलबार बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पुडासैनी बागमती प्रदेशबाट महिलातर्फ राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको हो ।

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button