घोडेजात्रा पर्व : टुँडिखेलमा विशेष समारोह (फोटोफिचर)

काठमाडौँ । घोडेजात्रा पर्व विविध कार्यक्रम गरी मनाइएको छ ।
घोडेजात्रा पर्वको अवसर राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च, टुँडिखेलमा अश्वकला प्रदर्शनसहित विशेष समारोहको समेत आयोजना गरिएको छ ।

समारोहमा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ्ग, शो–जम्प, म्युजिकल राइडका साथै सैनिक डगहरुको कला प्रदर्शन गरिएको थियो ।

समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राईडमा प्रथम र द्वितीय हुने उपसेनानी प्रसिद्ध बानिया र उप सेनानी निरोज थापा तथा सो–जम्पमा प्रथम र द्वितीय हुने सह सेनानी अशोक खकुरेल र प्युठ ओम प्रकाश यादवलाई पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख उपस्थित हुनुहुन्थ्यो ।




















प्रतिक्रिया राख्नुहोस्