तपाईँ सुन्दै हुनुहुन्छः

संसदको अवरोध हटाउन सभामुख र शीर्ष नेताहरूको बैठक जारी

काठमाण्डौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरूसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजेदेखि सिंहदरबारमा बोलाइएको बैठकमा नेताहरूसँग छलफल भइरहेको छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद् बैठक अवरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ ।

बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरूसँग छलफल भइरहेको सभामुखको सचिवालयको भनाइ छ । सभामुखले अहिले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको सचिवालयका सदस्यहरूको भनाइ छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा बसिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button