तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडी राष्ट्रका गहना : मन्त्री राई

तेह्रथुम । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खेलाडी राष्ट्रको गहना भएको बताउनुभएको छ ।

तेह्रथुमको म्याङ्लुङमा आजबाट शुरु भएको १४ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै खेलाडीले राष्ट्रको शिर उच्च राख्ने बताउनुभयो ।

मन्त्री राईले खेलाडी विद्यार्थीहरूले अनुशासित रुपमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै भोलीका दिनमा तेह्रथुमबाट सफलताको मार्गचित्र बनाउँदै देशको नाम उच्च राख्नुपर्ने बताउनुभयो । नेपालमा खेलकुदको विकास गर्ने हो भने बजेट पनि बढाउनुपर्ने मन्त्री राईको भनाई छ ।

मन्त्री राईले नेपालमा खानेपानी समस्या समाधान गर्ने आफु लागिपर्ने बताउँदै खानेपानी समस्या समाधानको लागि प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । खानेपानी व्यवस्थापनका लागि यसै आर्थिक वर्ष म्याङलुङ खानेपानीलाई ५० लाख रकम उपलब्ध गराउने मन्त्री राईले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जिल्ला खेलकुद विकास समिति तेह्रथुमको आयोजनामा भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button