तपाईँ सुन्दै हुनुहुन्छः

आयोगद्वारा उपनिर्वाचनबारे गृहमन्त्रीसँग छलफल

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उप निर्वाचनबारे निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको छ ।

निर्वाचन आयोगको कार्यालयमा भएको छलफलमा गृहमन्त्री लामिछानेले सही निर्वाचन कानूनले सही नीति र नेतृत्व स्थापित गर्ने बताउनुभयो । निर्वाचन आयुक्तहरूले निष्पक्ष भएर काम गरिरहेको महसुस भएको भन्नुहुँदै गृहमन्त्री लामिछानेले निर्वाचनको मिति कानुनमै उल्लेख हुनुपर्ने बताउनुभयो ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन व्यवस्थापन विधेयकतर्फ एउटा निर्वाचनमा पराजित भएकाले सोही कार्यकालमा अर्कोमा भाग लिन नपाउने, स्थानीय तहका लागि दुई वटा मतपत्र र वडा स्तरको गणना मतदान केन्द्रमै गर्ने, अग्रिम मतदानको प्रबन्ध, एउटा दल नत्यागी अर्को दलबाट उम्मेदवार हुन नपाउने लगायतका विषय समेटिएको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले दल दर्ताका लागि आवेदन दिने ५ सय जनाको विस्तृत अध्ययन गरेर मात्रै दल दल दर्ता गर्ने, दल दर्ताका लागि शुल्क लिने, पाँच वर्षमा नवीकरण गर्नुपर्ने जस्ता विषय राजनीतिक दलसम्बन्धी ऐनको संशोधनमा समावेश गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button