तपाईँ सुन्दै हुनुहुन्छः

इलाम-२ उपनिर्वाचन : आज उजुरी र जाँचबुझ

इलाम । इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनकोको  लागि २० जनाले मनोनयन पत्र दर्ता गरेका छन् । इलाममा शान्तिपूर्ण र उत्साहका साथ  शनिबार साँझ ६ बजेसम्म १२ राजनीतिक दलसहित ८  स्वतन्त्र उम्मेदवारको मनोनयन पत्र दर्ता  भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गराइएको थियो । 

इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली काँग्रेसबाट डम्बर खड्का, नेकपा एसबाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेशनलनल अर्गनाइजेशनका मनि बहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले बताउनु भयो । 

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन योङ्हाङ लिम्बु ,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट लक्ष्मी गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशम बहादुर सुनार, नेशनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ ।

 स्वतन्त्र उम्मेदवार दिनेहरूमा डकेन्द्रसिंह लिम्बू,  डाकप्रसाद गौतम ,मनोज निरौला ,दिपेश बोहरा , योगेन्द्र गुरुङ , अर्जुन बहादुर शाही , राज बस्याल , केशव कुमार चापागाईँ रहनुभएको छ ।  

माओवादी केन्द्रले भने नेकपा एमालेलाई सघाउने भएपछि उम्मेदवारी दर्ता गरेन । उम्मेदवार मनोनयन दर्ता गर्ने सबै पुरुष रहेका छन् ।

निर्वाचन आयोगको अनुसार आज  उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button