रुखबाट खसेर एक जनाको मृत्यु
बाँके । बाँकेको कोहलपुरमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका–१३ भरैया बाख्लो जामुना बस्ने ६६ वर्षीय जित बहादुर पुलामी मगरको घाँस काट्न चढेका बेला रुखबाट खसेर मृत्यु भएको वडा नम्बर १३ का सदस्य बलु घर्तिले जानकारी दिनुभयो ।
अस्पताल लैजाने क्रममा मगरको बाटोमै मृत्यु भएको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्