तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ सत्ता समीकरणले देशलाई निकास दिन्छ : अध्यक्ष ओली

स्याङ्जा । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी समृद्धिको पक्षमा रहेको बताउनुभएको छ । 

स्याङ्जामा आज एमालेको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै पूर्व प्रधानमन्त्री ओलीले नयाँ सत्ता समीकरणले देशलाई निकास दिने बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच दलीय गठबन्धनले देशमा बेथिति र भ्रष्ट्राचारतर्फ धकेलेको थियो । देशलाई सही दिशामा लैजान हामीले सत्ता समीकरण गरेका हौँ ।” 

देशमा सुशासन, समृद्धिका लागि एमाले सरकारमा आउनुपर्ने अवस्था सिर्जना भएको भन्नुहुँदै अध्यक्ष ओलीले देशमा व्याप्त अराजकता, उच्छृङ्खल गतिविधिलाई अन्त्य गर्न एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।  

ज्येष्ठ नागरिक, एकल महिला तथा बालिकाहरूको हितमा काम गर्ने पार्टी एमाले भएको भन्दै उहाँले अन्य कुनै पार्टीले यस्तो काम नगरेको बताउनुभयो ।

उहाँले मनदेखि नै वामपन्थी नहुँदा दुई तिहाइ प्राप्त गरेको नेकपाबाट पछि हट्नुपर्ने अवस्था भएको स्मरण गर्नुहुँदै कम्युनिष्ट एक हुनुपर्छ भन्ने मान्यताले पार्टी एकता गरेर अगाडि बढे पनि स्वार्थले भरिएका मनमा वामपन्थी नभएकाका कारण एमाले पछाडि हटेको बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button