तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री आज गोरखा आउनुहुने

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गोरखा आउनुहुने भएको छ ।

गोरखामा गएको असारमा फेला परेको क्वार्ज क्रिष्टल ढुङ्गा गोरखा कालिका मन्दिर परिसरमा राख्ने कार्यक्रमका लागि १२ गोरखाका लागि काठमाण्डौबाट हिँड्नुहुने नेकपा माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष रहनुभएका प्रचण्डले पार्टी कार्यालयमा आयोजित पार्टी कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिने, सरकारी निकायका प्रमुखहरूसँग जिल्ला प्रशासन कार्यालयमा भेटघाट गर्ने र ३ बजे पत्रकार सम्मेलन गरी काठमाडौँ फर्कने कार्यक्रम तय भएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button