तपाईँ सुन्दै हुनुहुन्छः

रूस आर्थिक नाकाबन्दीको सही सामना गर्न सफल : रूसी प्रधानमन्त्री

मस्को। रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले मित्रराष्ट्रहरुसँगको व्यापारमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै रूसले पश्चिमा मुलुकहरुको आर्थिक नाकाबन्दीबाट सकुशल अघि बढ्न सफल भएको बताउनुभएको छ ।

“मित्र राष्ट्रहरूसँगको व्यापार कारोबार बढेको मात्र छैन, तर अहिले यो चार वर्षअघि सम्पूर्ण विश्वसँग रूसको व्यापारको मात्रासँग तुलना योग्य छ,” मिशुस्टिनले रूसी राज्य डुमालाई सम्बोधन गर्दै भन्नुभयो ।

“चीन, भारत, टर्की, बेलारुस, कजाकिस्तान, संयुक्त अरब इमिरेट्स, अफ्रिका र ल्याटिन अमेरिकासँगको व्यापारमा भएको वृद्धिले युरोपेली संघसँगको व्यापार कारोबारमा आएको कमीलाई धेरै हदसम्म क्षतिपूर्ति गरेको छ,” मिशुस्टिनले भन्नुभयो ।

मित्रराष्ट्रका होनहार साझेदारहरूसँग व्यापार सम्बन्ध लाई बढावा दिनु रूसको उच्च प्राथमिकतामध्ये एक रहने बताउँदै उहाँले रूसको ७७ प्रतिशत वैदेशिक व्यापार मित्र राष्ट्रहरूसँग भएको तथ्याङ्क पेश गर्नुभयो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button