तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ वर्षमा अन्तु महोत्सव

इलाम । इलाम आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ वर्षको अवसरमा इलाम अन्तुमा अन्तु महोत्सवको आयोजना हुने भएको छ । सूर्योदय नगरपालिकाले यही चैत ३० र २०८१ बै‌शाख १ गते अन्तु महोत्सव गर्ने भएको हो। सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात रहेको अन्तुसँगै सूर्योदय नगरपालिकाको पर्यटन विकासका लागि अन्तु महोत्सव गर्न लागिएको सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा बरालले बताउनु भयो  ।

महोत्सवमा विभिन्न स्थानीय खाद्य परिकार , लोपोन्मुख लेप्चा जातीको भेषभूषा, संस्कृति   प्रदर्शन अन्य विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम र डीजे सेसन जस्ता कार्यक्रमहरूको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।

अन्तुमा अहिले शुक्रबार र शनिबार आन्तरिक पर्यटकहरु आउने गरेका छन् तर हरेक दिन अन्तुलगायत सूर्योदय नगरभरि पर्यटकहरुलाई स्वागत गर्न सकियोस् भनेर महोत्सवको आयोजना गरिएको र बाह्रैमास देश तथा विदेशका पर्यटकहरुको आगमनका लागि महोत्सव ले सहयोग गर्ने बन्ने आयोजकको अपेक्षा रहेको छ ।

महोत्सव तयारीका लागि नगरले १० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । अन्तुमा होम स्टे होटल तथा कटेजहरुको व्यवस्था गरिएको छ । साउनदेखि हालसम्म अन्तुमा ६० लाखभन्दा बढी आन्तरिक पर्यटकहरु आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button