मकवानपुरमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
मकवानपुर । मकवानपुर जिल्लामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ।
शनिबार र आइतबार बागमती गाउँपालिका, बकैया गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा भएका घटनामा तीन जनाको मृत्यु भएको हो।
बागमती गाउँपालिकामा करेन्ट लागेर देबराम रुम्बाको मृत्यु भएको छ। आइतबार बिहान बागमती नगरपालिका–८ कायरका अन्दाजी ५०÷५५ वर्षीय रुम्बाको आफ्नै घर अगाडिको बारीमा मकै हेर्न जाँदा भुईँमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
त्यस्तै, बकैयामा भिरबाट लडेर पूर्णिमा भोम्जनको मृत्यु भएको छ। शनिबार बिहान बकैया नगरपालिका–६ ठुलो सुधार बस्ने सन्दिप भोम्जनकी अन्दाजी ८ वर्षीया छोरी पूर्णिमा घरबाट निस्केकी थिइन् । उनलाई आफन्तले खोजेपछि शनिबार बेलुका आफ्नै घरबाट पश्चिमतिर रहेको बाघ भैरव सामुदायिक बनको सुधाभिरबाट २०० मिटर तल खसेको अवस्थामा फेला परेकी थिइन्। मानसिक सन्तुलन ठिक नरहेकी पुर्णिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, हेटौडामा सवारीको ठक्करबाट ज्ञानेन्द्र सुनारको मृत्यु भएको छ। शनिबार बेलुका हेटौडा–११ नवलपुरस्थित चन्द्रशृंखला पेट्रोल पम्प नजिकैको पूर्व–पश्चिम सडकखण्डमा प्रदेश १–०२–०१ ज ४३०० नम्बरको टाटा सुमोले ठक्कर दिँदा गम्भीर घाइते भएका हेटौँडा–११ शान्ति चोकका ३५ वर्षीय ज्ञानेन्द्र सुनारलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा शनिबार रातिनै मृत्यु भएको थियो।
घटनामा संलग्न सुमोको सिसिटिभीबाट पहिचान भएको र चालक मोरङ ग्रामथान नगरपालिका–७ बस्ने ३६ वर्षीय चेतनाथ सापकोटालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्