शास्त्रीय सङ्गीत सम्मेलन २०८० (LIVE)
काठमाडौं ।रेडियो नेपालले आफ्नो ७४ औ वार्षिकोत्सवको उपलक्ष्यमा आज शास्त्रीय सङ्गीत सम्मेलनको आयोजना गरेको छ ।
रेडियो नेपालको सिंहदरबारस्थित स्टुडियोमा भइरहेको शास्त्रीय सङ्गीत सम्मेलनमा ६ वटा समूह सहभागी छन् , जसमा गायनतर्फ ३, सुरतर्फ २ र तालतर्फ एक समूह रहेका छन् ।
सम्मेलनको शुभारम्भ गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले मुलुकको गीत सङ्गीतमा रेडियो नेपालको भूमिका अतुलनीय रहेको बताउनुभयो ।उहाँले रेडियो नेपालले स्रष्टाहरूलाई सँधैभरि सम्मान गर्दै आएको समेत बताउनुभयो ।
चैत २० गते हुने रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा रेडियो नेपालले आधुनिक गीत प्रतियोगिताको पनि आयोजना गर्दैछ ।
रेडियो नेपालको केन्द्रिय कार्यालय सिंहदरबारमा आयोजना गरिएको शास्त्रीय सङ्गीत सम्मेलनको रेडियो नेपाल, रेडियो नेपालको न्युज पाेर्टल (www.onlineradionepal.gov.np), तथा रेडियो नेपालको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्