कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव चार दिनपछि भेटियो
टीकापुर कैलाली । कर्णाली चिसापानीको पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव चार दिनपछि भेटिएको छ ।
गत सोमबार कर्णाली पुलबाट नदीमा हाम फाल्दा बेपत्ता भएका चिसापानीका ३० वर्षीय शाहीको शव आज भेटिएको हो ।
आज दिउँसो टीकापुर नगरपालिका वडा नम्बर २ स्थित सनकट्टी घाटमा शाहीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै ईलाका प्रहरी कार्यालय टीकापुरको प्रहरी टोली शव भेटिएको स्थानमा पुगेको थियो ।
भेटिएको शव शाहीकै भएको र प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जना मध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए ।







प्रतिक्रिया राख्नुहोस्