बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधी पहुँचका लागि स्वास्थ्य मन्त्रालय र युनिसेफबिच सम्झौता
काठमाडौँ । बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधी पहुँचका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन, युनिसेफबिच सम्झौता भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज एक कार्यक्रमबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र सेन्ट जज चिल्र्डन्स रिसर्च हस्पिटलबिच ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन (जिपीएसीसीएम) पत्रमा हस्ताक्षर भएको हो ।
जिपीएसीसीएम सम्झौता अनुसार नेपालले बालबालिकामा हुने क्यान्सर विरुद्ध उपचारको लागि ३५ प्रकारकार औषधि ४ वर्षसम्म निशूल्क प्राप्त गर्ने भएको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले लामो समयदेखि क्यान्सरबाट पीडित नेपाली बालबालिकाहरूलाई उपचारमा आवश्यक औषधिको पहुँचले स्वास्थ्य तथा वृद्धि विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
अल्पविकसित मुलुकमा क्यान्सर भएका बालबालिकाहरू २० प्रतिशत मात्र बाँच्ने तथ्य रहेकाले यसलाई न्यूनीकरण गर्न नेपालले २०३० सम्ममा ६० प्रतिशत बढी बालबालिकाहरू बाँच्न सक्ने गरी लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ ।
नेपाल बालबालिकामा हुने क्यान्सर विरुद्धको औषधी निःशुल्क प्राप्त गर्ने दक्षिण एसियाको पहिलो मुलुक समेत हो ।








प्रतिक्रिया राख्नुहोस्