तपाईँ सुन्दै हुनुहुन्छः

असिना पानीले गँहुबाली नष्ट, किसान चिन्तामा

नवलपरासी,पश्चिम्।  गएराती आएको असिना सहितको बर्षाले काटेर थन्क्याउने बेलाको गहुँ बालीमा क्षति पुर्याएको छ ।सोमबार राती परेको असिनापानीले किसानले लगाएको गहुँबाली,मकै खेती र अन्य तरकारी बालीमा समेत क्षति पुर्याएपछी किसान चिन्तित बनेका छन् ।

झन्डै एक बिघा ७ कट्ठा क्षेत्रफलमा लगाएको गहुँ असिना सहितको बर्षाले ढलाएपछि बर्दघाट १२ भटौलीयाका कृषक दिप प्रकाश लोहनी चिन्तित हुनुभएको छ । एरिया भरिमा सबै भन्दा राम्रो गहुँ मेरै थियो,पुरै गहुँ ढलेको छ गरा भरीको पानीले गहुँ भिजेको छु, जहाँ सम्म अब काम लाग्दैन ।

धेरै किसानको क्षति भएको छ , लोहनीले भन्नू भयो । यस बर्ष जिल्लामा ८ हजार ७ सय हेक्टरमा गहुँ खेती गरिएको “करिब २० प्रतिशत क्षति भएको अनुमान गरेका छौ , सबै पालिका बाट तथ्याङ्क सङ्कलन गर्दै छौ” कृषि ज्ञान केन्द्रका प्रमुख डा. रवीन्द्र नाथ चोबेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button