नवलपरासी :होलिमा सवारी चालक सहित ९१ जना कारबाहीमा
नवलपरासी,पश्चिम् । प्रहरीले होलिमा मादक पदार्थ सेवन,नियम उलङ्घन र आपसी वादविवाद गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले मुलत होली लक्षित सुरक्षा योजना बनाई ट्राफिक प्रहरी सहित जिल्लाका विभिन्न ४९ स्थानमा चेकिङ पोईन्ट राखेको थियो ।
चेकजाँचका क्रममा विभिन्न स्थानबाट मापसे गरि सवारी चलाउने,हेलमेट नलगाउने र तीव्र गतिमा सवारी हाँक्ने ७४ जना स्कुटर तथा मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई कारबाही गरिएको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।
यसै गरी होली खेल्ने क्रममा वादविवाद भई कुटपिट गर्ने ७ जना,वादविवाद गर्ने ३ जना र मापसे गरि सवारी चलाउने ७ जना सहित १७ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको बोहराले जानकारी दिनुभयो ।केहीलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।
होलीको दिन अवाञ्छित र अपराधीक क्रियाकलाप हुन सक्ने भन्दै ३९५ जना प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्