तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुंगामा करेन्ट लागेर महिलाको मृत्यु, घर जलेर नष्ट

‌ओखलढुङ्गा । विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-३ को बोगडीछापमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीया सिजनकुमारी थापा रहनुभएकाेछ ।

आज विहान ५:३० बजेको समयमा विद्युत सर्ट भएर घर समेत आगलागी हुँदा उनलाई करेन्ट लागेको थियो । बेहोस अवस्थामा घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उहाँको मृत्यु भएको थियो ।

सोही घटनामा उहाँका श्रीमान खड्गबहादुर थापाको स्वामित्वमा रहेको २ तले खरको छाना भएको घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घर जल्दा तीन लाख रुपैयाँ बरारबरको क्षति भएको प्रहरीको प्रारम्भिक भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button