ठमेल र दरबार मार्गका बजार क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी
काठमाडौँ । काठमाडौँको ठमेल र दरबार मार्गका बजार क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा उक्त तयारी भएको हो ।

त्यसका लागि सुरक्षा र अन्य व्यवस्थापन जिल्ला प्रशासन कार्यालय, काठमाडौँ गर्नेछ । तयारी सुरु भइसकेकोले ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै उक्त बजार क्षेत्रहरू चौबिसै घण्टा सञ्चालनमा आउने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ।’
ठमेल र दरबार मार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।
हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्