प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता पेस
काठमाडौँ । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस भएको छ ।
बैठकमा सम्झौता पेस गर्दै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा रहेको (आई एस ए) सम्झौताले सदस्य राष्ट्रहरूको ऊर्जामा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, जलवायु परिवर्तन कम गर्न सहयोग पुग्ने भएकाले नेपालले सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

बैठकमा विमिष्टेक बडापत्र अनुमोदनमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको उक्त प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो ।
यस्तै बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले प्रस्तुत गर्नुभएको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो ।
सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्