रामेछाप-काठमाडौँ कानुन समाजको गठन
काठमाडौँ । रामेछापबाट काठमाडौँमा बसी कानुन व्यवसायमा संलग्न रहेका व्यक्तिहरू मिली रामेछाप-काठमाडौँ कानुन समाज निर्माण भएको छ ।
आज बानेश्वरस्थित इन्द्रेणी होटलमा रामेछाप घर भई काठमाडौँमा तथा अन्य कार्यक्षेत्र बनाई कानुन व्यवसायमा संलग्न झण्डै ६० कानुन व्यवसायीको उपस्थितिमा कानुन समाजको निर्माण भएको हो ।

कानुन समाजमा हाल रामेछापका आठ पालिकाबाट एक/एक जना गरि आठ जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ता गरि ११ जनाको तदर्थ समिति निर्माण गरिएको छ । तदर्थ समितिको बैठक बसी संयोजक चुनिने निर्णय भएको छ ।
तदर्थ समितिमा रामेछापबाट प्रतिनिधित्व गर्ने वरिष्ठ अधिवक्ताहरू रमेश रोका, नारायण प्रसाईँ र बिनोद कार्की हुनुहुन्छ भने उमाकुण्ड गाउँपालिकाबाट अधिवक्ता रामचन्द्र बस्नेत, गोकुलगङ्गा गाउँपालिकाबाट उद्धव कार्की, लिखु तामाकोसीबाट नवीन केसी, मन्थली नगरपालिकाबाट रमेशराज कार्की, रामेछाप नगरपालिकाबाट लोकहरि दाहाल, सुनापति गाउँपालिकाबाट शङ्कर कुमार खड्का, दोरम्बा शैलुङ गाउँपालिकाबाट भूमिराज आले र खाँडादेवी गाउँपालिकाबाट थरी प्रसाद कँडेल चुनिनुभएको छ ।

समाजले रामेछाप जिल्ला घर भई काठमाडौँमा कार्यरत कानुन व्यवसायी, सरकारी वकिल, न्यायाधीश, पूर्वन्यायाधीश लगायत, कानुन अधिकृत, कानुनी क्षेत्रका अनुसन्धानकर्तालाई समेट्ने छ ।
कार्यक्रममा सर्वोच्च बार एसोसिएसनका सचिव श्याम खत्री, ललितपुर बारका सचिव छोनाम मोक्तान, वरिष्ठ अधिवक्ताहरू बिनोद कार्की, रमेश रोका, नारायण प्रसाईँ, अधिवक्ता नानीबाबु दाहाल लगायत करिब ६० अधिवक्ताहरूको उपस्थित रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्