तपाईँ सुन्दै हुनुहुन्छः

मुलुक र जनताको सवालमा सबै दल एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ओली 

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताको सवालमा सबै दल एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभएको छ । 

नेकपा एमाले कञ्चनपुरको नवौँ अधिवेशनको उद्घाटन गर्न आज कञ्चनपुर पुग्नुभएका अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याउनु भयो । सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामिलामा सबैले मिलेर काम गर्न जरुरी रहेको उहाँको भनाइ छ ।

“हामी लोकतान्त्रिक प्रणालीमा छौँ । बहुदलीय व्यवस्थामा छौँ । दलहरू फरक–फरक होलान् । विचार फरक–फरक होलान् । तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ”,  अध्यक्ष ओलीले भन्नुभयो । 

अध्यक्ष ओलीले पार्टीको जिल्ला अधिवेशन उद्घाटन पूर्व कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन उद्घाटन र दोधाराचाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण स्थलको अवलोकन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button