तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

काठमाण्डौ । राष्ट्रियसभाको अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहाल र नेपाली कांग्रेसबाट सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
संघीय संसद भवन नयाँबानेश्वरमा आज भएको मनोनयन दर्तामा सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपी सार्की अछामी र समर्थकमा नेकपा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद हुनुहुन्छ ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार युवराज शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शेखरकुमार सिंह हुनुहुन्छ ।
राष्ट्रिय सभाको अध्यक्ष पदमा मनोनयनको सुचना दिनका लागि आज ११ वजेदेखि १ वजेसम्मको समय निर्धारण गरिएको छ ।
उम्मेदवारी दर्ता भएका प्रस्तावको सूचनाको क्रमानुसार आजै दिउसो १ः३० वजे अन्तिम सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनका लागि भोली विहान ११ वजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button