तपाईँ सुन्दै हुनुहुन्छः

कुलेखानी–फर्पिङ सडक भोलिबाट सञ्चालन हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको सडक भोलि (बुधबार) बाट सञ्चालनमा आउने भएको छ ।

गत पुस १६ गतेबाट पूर्ण रुपमा बन्द रहेको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड भोलिबाट सञ्चालनमा आउने भएको हो ।

सडक निर्माणका लागि इन्द्रसरोवर गाउँपालिकाले पुस १६ बाट पूर्ण रुपमा बन्द गरेको उक्त सडकखण्ड भोलिबाट सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले एक सूचना मार्फत जानकारी दिनुभएको छ ।

सडकमा आवतजावत गर्ने यात्रुहरूको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी सञ्चालित अन्य व्यवसायीहरूलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक सञ्चालनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । सडक खण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य भने चलिरहेकै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button