बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको थियो । उक्त विषयमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको हो ।
सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथि छलफल यही फागुन २१, २२, २३, ३० र आगामी चैत १, २ र ४ गते दिनहरू तोक्नुभएको छ । उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन सम्बन्धित संसदीय दलका पदाधिकारीहरूले आ–आफ्ना दलका वक्ता सदस्यहरूको नाम एक बैठक बस्नु एक घण्टा अघि नै नाम सङ्घीय संसद् सचिवालयमा टिपाउन बैठकमा जानकारी गराउनुभयो ।
बैठकमा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते ११ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्