तपाईँ सुन्दै हुनुहुन्छः

सदनमा उठेका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ I प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरूले उठाएको विषयमा सभाको आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकको सुरुमै सभामुख घिमिरेले सभाको आगामी बैठकमा सभामा उठेका विषयहरूमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको हो ।

सभामुखको रुलिङपछि प्रतिनिधिसभाको बैठक सुचारु भएको छ ।

बैठकको शून्य समयमा सांसदहरूले भ्रष्ट्राचार न्यूनीकरण, दोषीलाई कारबाही, मिटर व्याज पीडितको समस्या समाधान, दुग्ध किसानका दूधको मूल्य भुक्तानी लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरूले सहकारी पीडितका समस्या समाधान, सडक, पुल लगायतका पूर्वाधार निर्माण, वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान, स्वदेशमै रोजगारीको सिर्जना गर्न सरकारसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button