मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रुकुम पूर्व भुमे १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका १८ मा मोटरसाइकल दुर्घटना हुँदा घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलमा सवार अर्का गम्भीर घाइते सोही ठाउँकै ३५ वर्षीय रामकुमार पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्