बाँकेमा बजार अनुगमन तीव्र

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो समयमा बजार अनुगमनलाई तीव्रता दिएको छ ।
प्रशासनले अहिले दैनिक रुपमा जिल्लाका नेपालगन्ज र कोहलपुर लगायतका बजारमा अनुगमन गर्दै कैफियत पाइएमा कारबाही समेत गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयसमेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा विभिन्न पसल तथा फर्महरूले उपभोक्ता हित विपरीत काम गरेको पाइएकाले कारबाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपालगन्ज –११मा सञ्चालनमा रहेको पोरेवाल किराना पसलमा एक हजार १ सय २० रुपैयाँ बराबरको म्याद समाप्त भएका पेय पदार्थ नष्ट गरिएको छ । कोहलपुर क्षेत्रका औषधीजन्य कारोबार गर्ने फर्महरूमा पनि अनुगमन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
बाँके प्रशासन र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमनका क्रममा जेम्स फार्मेसीबाट केही थान शङ्कास्पद इन्जेक्सन परीक्षणका लागि औषधी व्यवस्था कार्यालयमा पठाइएको छ । उक्त फर्मलाई थप छानबिनका लागि औषधी व्यवस्था कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्