सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सुरक्षण मुद्रण विधेयकमाथि दफावार छलफलमा भाग लिँदै सांसदहरुले राहदानी, सवारी अनुमति पत्र, अन्तशुल्क स्टिकर राष्ट्रिय परिचयपत्रलगायतका सुरक्षाको हिसाबले राष्ट्रिय महत्व बोक्ने सामग्री उत्पादन गर्न स्थापना हुने छापाखानामा गोपनीयता कायम हुने गरी कानूनी व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसदहरुले सुरक्षण मुद्रण केन्द्र संघीय सरकारको एकल अधिकारभित्र रहने गरी विधेयक संशोधन गर्न सुझाव दिनुभयो ।

समितिका सभापति भानुभक्त जोशीले राष्ट्रियसभाबाट आएको सुझावलाई स्वीकृत गर्ने गरी सरोकारवालाहरूको सुझावसहित विस्तृत छलफल गरेर विधेयक पारित गरिने बताउनुभयो ।
राष्ट्रियसभाबाट सुझावसहित पारित भई आएको विधेयमाथि यसअघि समितिले संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्