सात वर्षमा तोकियो गाउँपालिकाको केन्द्र
डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले सात वर्षपछि बल्ल गाउँपालिकाको केन्द्र तोकेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनबाट बहुमत कार्यपालिका सदस्यले वडा नम्बर ५ मा रहेको टप्वा क्षेत्रलाई केन्द्र बनाउने गरि निर्णय गरेको हो ।
विभिन्न मतभिन्नताका कारण गाउँपालिकाले विगत ७ वर्षदेखि केन्द्र तोक्न सकेको थिएन । सोही कारण विगतमा बगरकोटबाट गाउँपालिकाले कार्यसम्पादन गरिरहेको थियो ।
बगरकोटलाई नै निरन्तरता दिनेकी टप्वामा केन्द्र तोक्ने भनेर गाउँपालिकामा मतान्तर रहेको थियो । तर आजको बैठकमा भएको मतदानले टप्वाको पक्षमा बहुमत प्राप्त भएकाले अब गाउँपालिकाको केन्द्र टप्वा बनाइने निर्णय भएको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिनुभयो ।
टप्वाका पक्षमा २१ कार्यपालिका सदस्यले मतदान गरेका थिए भने बगरकोटमै केन्द्र हुनपर्छ भन्ने पक्षमा ४ मत खसेको थियो भने एक मत बदर र एक जना अनुपस्थित रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्