तपाईँ सुन्दै हुनुहुन्छः

कवि निरौलाको “सुदूर गाउँबस्तीहरूमा” बजारमा

काठमाडौँ । चार दशकदेखि साहित्य यात्रामा लागेका इलामका कवि उदय निरौलाको पछिल्लो कविता कृति आवरण प्रकाशनले सुदूर गाउँबस्तीहरूमा बजारमा ल्याएको छ । शनिबार काठमाडौँमा प्रमुख अतिथि प्रसिद्ध कवि  प्रा.डा. विष्णुविभु घिमिरेलगायतका साहित्यकारहरूले लोकार्पण गर्नुभयो ।

कवि निरौलाका यस अघि कोलाहल पिएर, कविता सङ्ग्रह, जराहरू किमार्थ मर्दैनन्, कविता सङ्ग्रह, कोर्दै-मेट्दै, निबन्ध सङ्ग्रह, शीतको मह्वलर, कविता सङ्ग्रह, उदय निरौलाका प्रतिनिधि कविताहरू, अस्ताउँदो घाम टेकेर, कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

समारोहका सभापतित्वमा भएको लोकार्पण समारोहमा समालोचक प्रा.डा. ज्ञानु पाण्डे र साहित्यकार ध्रुव मधिकर्मीले निरौला  जीवनवादी कवि भएकाले विविध विषयका विम्ब खेलाउन सक्षम भएको बताउनुभयो ।

कृतिकार निरौलाले चार दशकको साहित्य यात्राका अनुभूतिसहित विमोचित कृति भित्रको कविता सुनाउनुभयो । आवरण प्रकाशनका प्रबन्ध निर्देशक कवि र कलाकार रमेश पौडेलले प्रकाशनका हरेक पुस्तक शैली पुस्तक बनाउने ध्येय राखेको बताउनुभयो । समारोहमा कवि रामगोपाल आशुतोष र हेम भण्डारीले कवि निरौलाको लेखनी बारे चर्चा गर्नुभयो । 

समारोहमा प्रमुख अतिथि र कृतिकारलाई मायाको चिनो र आवरण प्रकाशनको प्रतीक चिन्ह प्रदान गरिएको थियो । समारोहमा साहित्यका विविध विधामा कलम चलाउने साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

आवरण प्रकाशनले बजारमा ल्याएको सुदूर गाउँबस्तीहरूमा कविता कृति लोकार्पणकै समयमा निरौलाको कविता वाचन र अभिमत समेत यूटुव च्यानल सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button