लुम्बिनीमा मोलाम पूजा
लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एवं मोलाम पूजा सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोच्चारण सहितको महागुरु भूम्छोक एवं प्राणीधान मोलाम पूजा आयोजना गरिएको हो ।
पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतकाे भलाइका लागि प्रार्थना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डाल्हारक्याल लामा (खेन्पो छिमे)ले बताउनुभयो ।
उहाँले लुम्बिनीमा धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिम्पाेर्छे, लामा गुरु, भिक्षु र आनीको उपस्थितिमा भूम्छोक र मोलाम गरिएको बताउनुभयो ।
महागुरु बुमटस्क फर वर्ल्ड पिसको आयोजनामा सुरु भएको मोलाम पूजामा उपाध्यक्ष लामासहित प्रथम खान्डो छिरिङमा रिम्पाेर्छे, छोग्न्यी रिम्पाेर्छे , टुङ्गो कर्मा साङम्बो रिम्पाेर्छेलगायत सहभागी हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्