तपाईँ सुन्दै हुनुहुन्छः

पोल्याण्डद्वारा युक्रेनलाई लामो दुरीका मिसाइल उपलब्ध गराउन आग्रह

वासा । पोल्यान्डका विदेश मन्त्रीले बुधवार सहयोगीसमक्ष युक्रेनको लागि लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।  

कीएभका प्रक्षेपण क्षेत्र तथा नेतृत्व केन्द्रहरू लक्षित गरी रुसले गरिरहेको आक्रमणबाट बच्न मद्दत गर्न  यस्तो आह्वान गरेको जनाइएको छ । 

युक्रेनी राजधानी कीएभ र उत्तर पूर्वी सहर खार्किभमा मङ्गलवार गरिएको घातक क्षेप्यास्त्र आक्रमणका कारण पाँच जनाको मृत्यु हुनुका साथै दर्जनौँ सर्वसाधारण घाइते भएका छन् ।

बुधवार, पोल्याण्डका शीर्ष कूटनीतिज्ञ राडोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जालमार्फत  पुटिनले बुझ्ने भाषामा  जवाफ दिनुपर्ने बताउनुभएको छ ।  

आफ्ना तथा युक्रेनका सहयोगीहरूलाई  युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रहरू प्रदान गर्न आग्रह  गर्दै यसले प्रक्षेपण क्षेत्र तथा सैन्य केन्द्रहरू हटाउन सक्षम बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

पोल्याण्ड युक्रेनको कट्टर सहयोगी हो र नयाँ प्रशासनले आफ्नो छिमेकी मुलुकका लागि राजनीतिक समर्थन दोब्बर बनाएको छ ।

सिकोस्र्कीले रुसले युक्रेनलाई  निरन्तर रूपमा गरिरहेको र प्रतिक्रियामा मस्को विरुद्धका पश्चिमी प्रतिबन्धहरू कठोर हुनुपर्ने बताउनुभएको छ । परिणाम स्वरूप हात हतियार निर्माण तथा तस्करीलगायतका क्रियाकलापहरू फस्टाउन नपाउने उहाँको भनाइ छ । 

गत डिसेम्बरमा पोल्याण्डको विदेश मन्त्रीको रूपमा नियुक्त, सिकोस्र्कीले आफ्नो पहिलो विदेश भ्रमणको लागि युक्रेनलाई रोज्नुभयो । उहाँले युक्रेनलाई सशस्त्र बनाउनको लागि पश्चिमले आफ्नो अर्थतन्त्रलाई चलायमान गराउनुपर्ने  बताउनुभएको छ । रासस /एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button