तपाईँ सुन्दै हुनुहुन्छः

मापदण्ड विपरीत चल्दा सहकारीमा समस्या : नेप्स्कुन अध्यक्ष ढकाल

नवलपरासी पश्चिम्  । पछिल्लो समय सहकारी सस्थाहरुमा देखिएको बेथितिका कारण सहकारीहरूमा शुद्धीकरण आवश्यक रहेको नेप्स्कुनका अध्यक्ष चन्द्र ढकालले बताउनु भएको छ । केही समय यता सहकारीकर्मी र सहकारी मात्रै समस्याका जड हुन भन्ने भाष्य स्थापित गर्न खोजिएकाे भन्दै उहाँले यसलाई परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।”केही निहित स्वार्थ बोकेका सञ्चालकहरूले सहकारीलाई समस्याग्रस्त देखाएर धमिलो पानीमा माछा मार्न खोजिँदै छ यो नेप्स्कुनले परिवर्तन गर्छ”ढकालले भन्नुभयो ।

बर्दघाट प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले अबको सहकारी अभियान सुशासनका लागि एक्यवद्धताको अभियान हुने बताउनुभयाे । उहाँले सहकारीमा देखिएका सिर्जित र स्वभाविक जटिलतालाई सुधारात्मक पद्धति मार्फत मापदण्ड र सहकारी ऐन अनुरुप लगिनेमा जोड दिनुभयाे । सहकारीको मुल मर्म र मान्यतालाई लत्त्याएर मापदण्ड विपरीत चल्ने संस्थाहरूलाई कानुनी दायरामा ल्याइने अध्यक्ष ढकालले बताउनु भयो । केही सहकारी मापदण्ड विपरीत चल्दा समस्याहरू उत्पन्न भएको ढकालको भनाई थियो ।”बचत र ऋण असुलीमा न्यायाधिकरणको कार्यान्वयन नभइरहेको अवस्थामा सहकारी भित्र देखिएका जटिलताहरूलाई  राज्य,सहकारी सञ्चालक र आबद्ध सदस्यहरूको त्रिपक्षीय छलफलबाट टुङ्ग्याउँदै जान्छौ “ढकालको भनाई थियो । 

सहकारीहरूले सहकारीका बचतकर्ताहरू सदस्यहरु संस्थाका गहना हुन भन्ने मुलकुरालाई बिर्सिन नहुने बताउँदै कर्जा प्रवाहसँगै ऋण असुलीको दायरालाई पनि फराकिलो बनाउनुपर्ने उहाँले बताउनुभयो। सहकारीका अस्वभाविक गतिविधिलाई नियन्त्रण गर्दै लैजानु पर्नेमा अध्यक्ष ढकालले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button