सशस्त्रलाई नेपाल प्रहरीले ८९ रनले हरायो
वीरगञ्ज । वीरगञ्जको नारायणी रङ्गशालामा जारी प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको आज भएको पहिलो खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरीलाई ८९ रन फराकिलो अन्तरले हराएको छ ।

खेलमा सशस्त्र लक्ष्य पूरा गर्नु अगावै १३.२ बलमा ५१ रनमै अलआउट भएपछि पुलिसले ८९ रनले जितेको हो । पुलिसका लागि प्रदीप ऐरीले २२ बलमा २१ रन बनाएका थिए भने अर्को खेलाडी आसिफ शेखले २१ बलमा आठ रन, हरि शङ्कर साह आठ बलमा आठ रन र सन्दीप जोराले दुई बलमा एक रन बनाएर आउट भएका थिए ।
सशस्त्रका खेलाडी अविनाश बोहोरा, कमल खत्री, विपिन खत्री र लोकेश बमले शून्य रनमा आउट भएका थिए भने सशस्त्रका बलर शेर मल्लले २.२ ओभरमा तीन रन दिँदै पाँच विकेट लिएका थिए ।
यस्तै, अर्को बलर ललित राजवंशीले दुई विकेट लिए । ललितले तीन ओभरमा १४ रन दिए । सागर ढकाल र आरिफ शेखले एक–एक विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ६ विकेटको क्षतिमा एक सय ४० रन बनाएको थियो । पुलिसका ओपनर ब्याट्सम्यान दिलीप नाथ यो प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने खेलाडी भएका छन् ।
उनले सशस्त्र प्रहरी बलका विरुद्ध ३८ बलमा ५६ रन बनाउन सफल भएका थिए । दिलीपले पाँच चौका र चार छक्काले मद्दतले अर्थशतक पूरा गरेका हुन् ।
खेलमा पुलिसका सुनील धमलाले ४३ बल खेल्दै ३५ रनको योगदान दिए भने अर्को खेलाडी शङ्कर राणा नटआउट १७ बलमा २२ रन र करण केसीले १० बलमा ९ रन बनाएका थिए ।
सशस्त्रका बलर अविनाश बोहोराले तीन विकेट लिए भने रमेश कुर्मी दुई विकेट लिएका थिए ।
प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफ सहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गरेका छन् ।
सिङ्गल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । जहाँ लिगमा पहिलो र चौथो हुनेबिच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबिच दोस्रो सेमिफाइनलमा हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्