तपाईँ सुन्दै हुनुहुन्छः

माछापुच्छ्रे पोखरा खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता पुष १० गतेबाट

पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा २० औँ संस्करणको माछापुच्छ्रे पोखरा खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८० यही पुष १० गते (मङ्गलवार) बाट हुने भएको छ ।

माछापुच्छ्रे बैङ्कको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा खुल्ला सहित १२ वटा विधामा प्रतिस्पर्धा हुने भएको संघका अध्यक्ष लोक बहादुर गुरुङले आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुष तथा महिला एकल तर्फ र ३५, ४५, ३५, ६५ वर्ष माथि उमेर समूहमा गरी विभिन्न १२ विधामा प्रतिस्पर्धा हुने भएको हो । खुल्लातर्फ विजेताले नगद ८० हजार, उपबिजेताले ४० हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक नवीन चालिसेले बताउनुभयो । सेमीफाइनालिष्टले नगद १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नेपाल सहित भारत, बेलायत र बङ्गलादेशका २ सय १६ जना खेलाडी सहभागी हुने प्रतियोगिताका निर्देशक राजन पौडेलले बताउनुभयो ।

प्रतियोगिता पोखरा रङ्गशालामा पुष १४ गतेसम्म चल्ने भएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब १९ लाख खर्च र २१ लाख आम्दानी हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button