बझाङमा भूकम्पको धक्का
बझाङ। आज बिहानै बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा बाजुराको कोल्टी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जसकाे धक्का बझाङमा पनि महसुस गरिएको छ ।
बझाङ लगायत पश्चिम नेपालका जिल्लाहरूमा गत असोज १६ गते गएको भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन् ।बेला बेला भूकम्पको पराकम्प आउनथालेपछि स्थानीयहरू त्रसित भएका छन् ।
भूकम्पका कारण घरबारविहीन भएको बझाङका भूकम्पपीडितहरू त्रिपाल मुनि बसिरहेका छन् । पालमा बस्नुपर्ने बाध्यताले विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट प्रभावित भएका छन्।







प्रतिक्रिया राख्नुहोस्