तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रालाई घाँस काट्न रुखमा चढ्दा करेन्ट लागेर एक जनाको मृत्यु

वीरगञ्ज । पर्साको मनहर्वामा बाख्रालाई घाँस काट्न रुखमा चढ्दा अचानक ११ हजार भोल्टको करेन्ट प्रवाह भएको विद्युतको तारमा रुखले छोएपछि करेन्ट लागेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

पर्साका पटेर्वासुगौली गाउँपालिका–५ मनहर्वा टोल निवासी चोकट साह तेली घर नजिकैको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक हाइटेन्सन तारमा घाँसको रुख टाँसिदा करेन्ट लागेर तेलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button