शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि दफावार छलफल सुरु
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि दफावार छलफल सुरु भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले हाल सञ्चालनमा रहेका विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री रहने व्यवस्था रहेकाले समस्या हुने गरेको भन्दै उक्त विश्वविद्यालयमा कुलपति प्राज्ञिक व्यक्तित्व नियुक्त गर्ने व्यवस्था हुने गरी संशोधन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरुले विश्वविद्यालय नयाँ ढङ्गबाट सञ्चालन गर्न नसके स्थापनाको औचित्य नहुने भन्दै सञ्चालनको स्पष्ट ढाँचा विधेयकमै समावेश गरिनुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्