तपाईँ सुन्दै हुनुहुन्छः

कमला नदिमा कार्तिक स्नान र ध्यान गर्नेको भिड

जनकपुरधाम । धनुषा तथा सिरहा जिल्लाको सिमानामा बग्ने कमला नदिमा प्रत्येक वर्ष लाग्दै आएको कार्तिक पूर्णिमाको मेला आजबाट शुरु भएको छ । 

कमला नदिमा स्नान, दान तथा ध्यान गर्नेहरू आज बिहान देखि नै भेला हुन थालेको छ । कमला नदिमा स्नान गर्नाले विशेष फल प्राप्त हुने जनविश्वास रहेको छ । कमलाको संगम रहेको ठाउँमा ठूलो सङ्ख्यामा भक्तजनहरू सहभागी हुने गरेका छन् ।  

दुई दिनसम्म लाग्ने लाग्ने कमला मेलामा सहभागी हुनका लागि धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा तथा सप्तरी जिल्लाहरूमा ठूलो सङ्ख्यामा भक्तजनहरू कमलामा पुग्ने गरेका छन् । कार्तिक स्नान भन्ने गरेकाले कमला नदिमा स्नान गर्नका लागि भारतबाट पनि भक्तजनहरू आउने गरेका छन् । कमला नदिमा लाग्ने मेलाको व्यवस्थापन स्थानीयबासीले गर्ने गरेका छन् । 

धार्मिक महत्वको कमला नदिमा कार्तिक पूर्णिमाका दिन स्नान गरेर तन्त्र तथा मन्त्र साधना गरेको खण्डमा सिद्धि प्राप्त हुने जनविश्वास रहेको छ । यस कारणले नयाँ धामी झाक्रीहरु ठूलो सङ्ख्यामा भेला हुन थालेका छन् । आफ्नो सवारी साधन लिएर कमला पुग्ने गरेका छन् ।  

यसैगरि जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीमा कार्तिक महिना भरि स्नान गर्नेहरू जनकपुरधाममा एक महिना बाँस बसेर कार्तिक पूर्णिमाका दिन स्नान गरि कथा श्रवण गरि घर फर्किने गर्दछ । कार्तिक स्नान गर्नेहरू जनकपुरधामको सबैभन्दा पुरानो गोपाल धर्मशालामा एक महिनासम्म बाँस बस्ने गरेका छन् । 

कार्तिक स्नानको मिथिला महात्म्यमा ठूलो महत्व रहेको छ । त्यस कारणले गाउँका वृद्ध वृद्धाहरू जनकपुरधामको गोपाल धर्मशालामा बाँस बसेर कार्तिक महिना भरि नै गंगासारमा स्नान, पूजापाठ तथा दान गरेर कार्तिक मास गर्ने चलन रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button