प्रतिबन्धित प्लाष्टिकको फुलले समस्या

झापा । सरकारले राजपत्र प्रकाशन गरी प्लाष्टिकका फूलमा रोक लगाएता पनि झापाका मुख्य बजारमा भने खुलेआम बिक्री भइरहेका छन् । जसका कारण किसानले उत्पादन गरेका प्राकृतिक फूलले उचित बजार पाउन सकेको छैन ।
बन तथा वातावरण मन्त्रालयले २०७९ सालको साउन १२ गते राजपत्र प्रकाशित गरी प्लाष्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने सूचना जारी गरेको छ । तर यतिखेर झापाका मुख्य बजारहरूमा भने प्लाष्टिकका फुलहरूको बिक्री बढेका छन् ।

झापा जिल्लामा मात्र यस बर्ष करोडौँ मूल्यका फुलहरू भारतबाट अबैधरुपमा भित्रिएका छन् । तर आफूहरूले बजार अनुगमन गरी कानुनले वर्जित गरेका सामाग्रीदेखि गतिविधिलाई रोक लगाएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखलले बताउनुभयो ।
झापा जिल्लाका मुख्य बजारमा अधिक फूल भित्रिएका कारण गत वर्षको तुलनामा आधा मूल्य घटेको व्यवसायीले बताएको छन् ।







प्रतिक्रिया राख्नुहोस्