सङ्घीयता सफल पार्न स्वास्थ्य क्षेत्रको भूमिका महत्त्वपूर्ण : कार्यबाहक मुख्यमन्त्री मास्की

दाङ देउखुरी । लुम्बिनी प्रदेशका कार्यबाहक मुख्यमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र सङ्घीयताको सफलतासँग जोडिएको विषय भएको बताउनु भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेको कामले दिने परिणामले नै सङ्घीयताको सफलता र असफलतासँग जोडिने बताउनु भयो ।
स्वास्थ्यकर्मीले गरेको कामले दिने परिणामले नै सङ्घीयताको सफलता र असफलतासँग जोडिएको हुन्छ´, उहाँले भन्नुभयो ´यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनु पर्छ ।´
साथै उहाँले स्वास्थ्यकर्मीहरू आफ्नो जागिरकालागि मात्रै स्वास्थ्य सेवामा आएको नभई सेवाकालागि आएको समेत मास्कीले बताउनुभयो ।
`सुविधा लिन मात्रै यो क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि यो पेसामा आउनु भएको छ´, उहाँले भन्नु भयो त्यसैले पनि स्वास्थ्यकर्मीलाई जनताले भगवान् सरह मान्ने गर्छन् ।´
साथै मन्त्रीले बजेट विनियोजन भए पनि कार्यविधि निर्माणमा ढिलाइ गर्दा कार्यान्वयनमा समस्या हुने गरेको छ ।
मन्त्री मास्कीले पछिल्लो समय मानसिक बिरामीहरू बढिरहेकाले यश तर्फ पनि ध्यान दिनु पर्ने अवस्था रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बोधन गर्दै प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश योजना आयोग उपाध्यक्ष डा. नहकुल केसी, जिल्ला समन्वय समिति दाङका अध्यक्ष नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी,स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीलगायतले सम्बोधन गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्