तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताउनुभएको छ ।

भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button