तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पमा परी सल्यानका तीन जनाको मृत्यु

सल्यान । जाजरकोट केन्द्र भएर गए राति गएको भूकम्पमा परी सल्यानका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका घर भई मामाघर रुकुम पश्चिम गएका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका मल्ल र उहाँका ४ वर्षीय छोरा लेखनाथ मल्लको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा भूकम्पमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको छ । आमासँगै मामाघर रुकुम पश्चिम आठविसकोट नगरपालिका पिपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको हो । आमा अन्दाजी २२ वर्षीया भद्रकला देवकोटा बुढा भने घाइते हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button