तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्नुहुने

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्नुहुने भएको छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गर्नुभएको हो ।

शुक्रबार राति ११.४७ बजे गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।

अध्यक्ष तिमिल्सिनाले प्राकृतिक विपत्तिको यो क्षणमा घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पुनर्स्थापनामा जुट्न सबैलाई आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button